विराटनगर : विराटनगर महानगरपालिका १३ का १८ वर्षीय विवेक कामतलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर ८ मधुमाराका राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गरगहना र नगद ४६ हजार समेत चोरी भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कामतलाई चोरीका गहना र नगदसहित पक्राउ गरेको हो ।
पक्राउ परेका कामतको मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post