Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

रासस by रासस
जेष्ठ २३, २०८३
in विविध, समाचार
0
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि
51
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालय सीमित जनशक्ति, अपुग दरबन्दी तथा न्यून स्रोत–साधनका बाबजुद पनि निरन्तर रूपमा शैक्षिक सेवा प्रदान गर्दै आएको छ ।

ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षा पहुँचमा राख्ने लक्ष्यसहित सञ्चालनमा रहेको यो विद्यालय अहिले विभिन्न चुनौतीसँग जुध्दै अघि बढिरहेको छ ।

विद्यालयमा प्राथमिक तहका लागि तीन स्थायी दरबन्दी स्वीकृत भए पनि हाल दुई मात्र शिक्षक कार्यरत रहेका छन् । एक दरबन्दी रिक्त हुँदा त्यसको पूर्ति करारमार्फत गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय सञ्चालनका लागि हाल शिक्षक तथा कर्मचारी गरी १५ जना कार्यरत रहेका छन् । तीमध्ये दुई, स्थायी (प्रावि) चार, करार तीन, निजी स्रोत दुई, राहत तीन जना सङ्घीय अनुदानमा कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक रामरिझन मण्डलले जानकारी दिए ।

विसं २०३१ मा स्थापना भएको यस विद्यालयले विगत पाँच दशकदेखि स्थानीयस्तरमा शैक्षिक सेवा दिँदै आएको छ ।

समयअनुसार विद्यालयले व्यवस्थापन र शिक्षण पद्धतिमा सुधार गर्ने प्रयास पनि गरिरहेको छ । विविध अभावबिच पनि विद्यालय प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन विशेष पहल गरिएको छ ।

प्रत्येक विद्यार्थीको विद्यालय भर्नादेखि कक्षाकोठामा हुने गतिविधिसम्मको अभिलेख राख्न छुट्टै रजिस्टरको व्यवस्था गरिएको छ ।

सोही अभिलेखका आधारमा दैनिक, साप्ताहिक तथा मासिक प्रतिवेदन तयार गरी शैक्षिक गुणस्तर सुधारमा उपयोग गर्ने गरिएको प्रधानाध्यापक मण्डलले बताए ।

प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालन भइरहेको यस विद्यालयलाई आर्थिक अभावलेसमेत असर पारेको छ ।

त्यसका बाबजुद विद्यालयले विगतमा राम्रो शैक्षिक नतिजा हासिल गर्दै आएको छ । विद्यालयले २०७७ साल र २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा शतप्रतिशत नतिजा ल्याएको थियो ।

त्यसैगरी २०७८ सालमा ८८ प्रतिशत, २०७९ सालमा ९२ प्रतिशत र २०८० सालमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयले जनाएको छ ।

चालु वर्षको परीक्षामा भने १२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यसलाई आगामी दिनमा सुधार गर्दै लैजाने विद्यालयको योजना रहेको छ । यस वर्ष समग्र नतिजा कमजोर रहे पनि पालिका उत्कृष्ट छात्रा यही विद्यालयबाट भएको प्रधानाध्यापक मण्डलले जानकारी दिए ।

“धेरै चुनौतीबिच विद्यालय सञ्चालन गरेका छौँ” प्रधानाध्यापक मण्डलले भने,” यहाँ मुख्य रूपमा जनशक्ति, भौतिक संरचना तथा आर्थिक अभाव छ ।”

नियमित कक्षा सञ्चालन, विद्यार्थीको हाजिरी व्यवस्थापन, शैक्षिक मूल्याङ्कन तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिइएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले स्रोतसाधन र जनशक्ति अभाव हुँदाहुँदै पनि विद्यार्थीलाई सहज तथा निरन्तर शिक्षा प्रदान गर्नु प्राथमिकता रहेको बताए । आर्थिक श्रोत र जनशक्ति अभाव विद्यालय सञ्चालनको मुख्य चुनौती बनेको उनको भनाइ छ ।

“हामीसँग पर्याप्त दरबन्दी र पूर्वाधार छैन, उनले भने,” तर पनि स्थानीय बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले विद्यालय सञ्चालन गरिरहेका छौँ ।” विद्यालय सञ्चालन तथा ऋण तिर्न देउसी–भैलोलगायत विभिन्न गतिविधि सञ्चालन गरेर रकम सङ्कलन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

हाल विद्यालयमा १२५ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थी सङ्ख्या बढ्दै गए पनि कक्षा कोठा अभावका कारण पठनपाठनमा चुनौती थपिएको छ । कोठा अभावमा विज्ञान प्रयोगशाला र कक्षाकोठा एउटै स्थानबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जसले प्रयोगात्मक शिक्षामा असर पार्ने गरेको विद्यालयले जनाएको छ ।

विद्यालयले सीमित स्रोत साधनकैबीचमा पनि शैक्षिक गुणस्तर सुधारका विभिन्न प्रयासलाई निरन्तरता दिँदै आएको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए । यहाँ माध्यमिक विद्यालय सञ्चालन नभए सयौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने उनको भनाइ छ ।

दीगो र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न राज्यले आर्थिक व्यवस्थापनसँगै दरबन्दी थप र पूर्वाधार विकासमा सहयोग गर्न आवश्यक रहेको बस्नेतले बताए । यस विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यो विद्यालय २०७७ सालदेखि प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा रहेको छ ।

Tags: #भोजपुरशिक्षा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित
विविध

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

by रासस
जेष्ठ २३, २०८३
0

खोटाङ : मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ ।...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : झापा र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन्। झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको...

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

जेष्ठ २३, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

जेष्ठ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३
पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    612 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.