इटहरी(डेक्स) : धरानमा विभिन्न घटनामा फरार रहेका सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा विभिन्न समयमा धरान क्षेत्र भित्र लुटपाट तथा गुण्डागर्दी पूर्ण आतङ्क फैलाउने गरी हतियार प्रहार गरी फरार रहेका छन् ।
पक्राउ पर्नेहरूमा खरायो भनिने दिवस राई, नकुल राई, टाउके भनिने सुरज राई, विदुर राई, पप्पु भनिने योगेश तामाङ, कान्छा भन्ने निश्चल राई र रोजन लिम्बु रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू मध्ये दिवस राई गत वर्ष साउन ११ गते धरान ११ का किरण तामाङलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका थिए उनलाई पनि प्रहरीले धरान २० स्थित चाँदी बजार भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि, धरान २० बाट साउन ४ गते प्रहरीले पक्राउ गरेका नकुल राई असार ३ गते राती धरान १८ स्थित बीपी सुन्दर बजारमा तीर्थबहादुर दाहाललाई घेरा हालेर मोवाइल, नगद लुटपाट गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
लुटपाटमा संलग्न नकुलमाथि पनि सुनसरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, गत असार ३० गते राती टिकाराम राईसहित केही व्यक्तिहरूलाई धारिलो धारिलो हतियार प्रहार गरी फरार रहेका सुरज, विदुर, योगेश, निश्चल र रोजनलाई धनकुटाको साँगुरीगढी गाउँपालिका ५ सिंकुला भन्ने ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले तीन थान घरेलु हतियार पनि बरामद गरेको छ ।
हतियार सहित पक्राउ परेका उनीहरूमाथि १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post