तरहरा : बसको ठक्करबाट इटहरी २० तरहराका एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा मे १ ख ३२३० नम्बरको बसले को ३७ प १४३५ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा तरहराका एक युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी उपमहानगर पालिका २० तरहरा का २६ वर्षीय रोयल राई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल बाटो क्रस गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले बस र बस चालक झापाको भद्रपुर नगरपालिका ५ का ३८ वर्षीय डम्बर सिंह लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post