संखुवासभा : प्रदेश १ को नामकरणका विषयमा सरकारले रवैया देखाएकाले नामकरण सम्भव नभएको पूर्व मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
वर्तमान सरकारका मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पूरा नगरी रवैया देखाएको बताउँदै उनले नामकरण हुन नसकेको बताएका हुन् ।
सोमबार संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले अहिलेको सरकारको रवैयाका कारण प्रदेशको नामाकरण हुन नसकेको बताएका थिए ।
उनले भने, ‘एमाले एक्लै चुनाव लडेर नेतृत्व गर्न पनि सक्षम छ । नेपालमा टु पार्टी सिस्टम शासन प्रणाली आवश्यक छ। जति धेरै पार्टी त्यति धेरै अस्थिरता उत्पन्न हुन्छ।’
नामाकरणको लागि एमाले एकढिक्का भएको समेत राईले दाबी गरे। नेकपा एमाले सहमतिका लागि कोशी, सगरमाथा, विजयपुर, सप्तकोशी, किराँत लगायतका नाममा छलफल गर्न तयार भएको उनको भनाइ छ।














Discussion about this post