इटहरी : इटहरीमा मानव धर्म सेवा समिति कोसी क्षेत्र आश्रमले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
मानव धर्मका प्रनेता सतपाल जी महाराजको जन्मोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको थियो । यसअघि विराटनगरमा ४२ र धरानमा २९ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति कोसी क्षेत्र प्रभारी महात्मा श्री नन्दनी बाइजी सभापति रहेको कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेल प्रमुख अतिथि थिए ।
आश्रमका अध्यक्ष अम्बरबहादुर कार्कीले रगत समयमा उपलब्ध नहुँदा मानिसले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।














Discussion about this post