मोरङ : मोरङको लेटाङबाट हराएका तीनजना बालिका विराटनगर महानगरपालिका १४ जतुवामा भेटिएका छन् ।
लेटाङ नगरपालिका ४ की १४ वर्षीया सविना राई, १२ वर्षीया अनुष्का राई र लेटाङ ३ की १३ वर्षीया रक्षा दर्नाललाई आइतबार बिहान ११ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार फुटबल हेर्न भनेर शनिबार बिहान ११ बजेतिर घरबाट निस्किएका तीनै जना घर नफर्किएपछि प्रहरीमा खबर गरिएको थियो ।
घरबाट फुटबल हेर्न भनेर हिँडेका तीनै जनाले आफूहरु विराटनगर आएको जानकारी नगराएपछि अभिभावकले खोजी तीव्र पारेका थिए ।
म्पर्कविहीन भएको २४ घण्टापछि तीनै जनालाई सकुशल फेला पारेर अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post