मोरङ : मोरङको बूढीगंगा गाउँपालिका ६ बाट चोरीमा संलग्न रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ १४ गते स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समानसहित भदौ २८ गते संलग्नलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बूढीगंगा गाउँपालिका ६ का २७ वर्षीय बुच्चे भनिने श्यामकुमार उराव, २६ वर्षीय तुलसी उराव र नवीन उराव रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले चौधरीको घरबाट चोरी भएका विभिन्न किसिमका सुनका गरगहना समेत बरामद गरेको छ ।
चोरीको आरोपमा पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post