विराटनगर : अव्यवस्थित रूपमा राखिएको केवल तथा नेटका तार व्यवस्थित गर्न विराटनगर महानगरपालिकाले आग्रह गरेको छ ।
महानगरका प्रमुख नागेश कोइरालाले केवल तथा नेटका प्रतिनिधिसँग बिहीबार छलफल गर्दै केवल र नेटको तार व्यवस्थित गर्न आग्रह गरेका हुन् ।
कोइरालाले लत्रिएका तार व्यवस्थित नगरे काट्न सक्ने समेत चेतावनी दिएका थिए ।
उनले भने, ‘लत्रिएका तार काट्न पनि सक्थ्यौँ तर एकपटक तपाईंहरूलाई आग्रह गरौं भनेर हामीले बोलाएका हौं । यदि तपाईंहरूले जतिसक्दो तारको व्यवस्थापन गर्नुभएन भने हामी एक्सनमा उत्रिन्छौँ ।’
जथाभावी लत्रिएका तारका कारण महानगरको सुन्दरतामा कमी आएको मेयर कोइरालाको भनाइ छ ।
महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने बताएका महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर संकलनका लागि महानगर निर्मम तरिकाले लाग्ने बताए।
अधिकृत कोइरालाले भने, ‘तपाईं केवल र नेट व्यवसायीले पनि कर तिर्न बाँकी छ भने चाँडै तिर्नुहोला हामी चाडवाडपछि एकदमै कडा रुपमा उत्रिनेछौं।’














Discussion about this post