संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु छोरा बेपत्ता भएका छन् ।
आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार (आज) बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
प्रदेश १–०२–००२ च ५९२० नम्बरको बोलेरो जिप, कपडा, जुत्ता, मोबाइल, साबुन लगायत सामग्री सभाखोला किनारमा भेटिएको छ ।
उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post