मोरङ : मोरङमा सुनको सिक्री चोरी आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा का १९ वर्षीय मुकेश खतिवडा र धनकुटा महालक्ष्मी नगरपालिका १ लेगुवा बस्ने २२ वर्षीय हेम वहादुर बस्नेत रहेका छन् ।
उनीहरूले असोज ३० गते राति १ बजे सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ स्थित पूर्व पश्चिम राजमार्गमा ना ६ ख ६३९९ नम्बरको कन्टेनर गाडी पार्किङ गरी राखी सोही गाडीमा सुतिरहेका चालक रामबहादुर गिरीको सुनको सिक्री सुनको ब्रासलेट चोरी गरेको आरोप छ ।
गिरीको जाहेरीको आधारमा प्रहरीले अनुस्न्धान गर्दा घटनामा संलग्नलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि थप अुनसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।












Discussion about this post