मोरङ : मोरङको लेटाङ नगरपालिका वडा नं. ९ जाँतेमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २७ का गणेश गजमेर रहेका छन् ।
मेडिकलमा पुगेर सास फेर्न गाह्रो भयो भनेपछि चेकजाँच गर्दा सर्पले टोकेको पत्ता लागेको थियो ।
उनको उपचारको लागि दमक सर्पदंश उपचार केन्द्रमा उपचार गर्न लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post