झापा : झापाको भद्रपुरमा ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका ७ स्थित मेघाटोल निवासी ११ वर्षीया शिल्पा ऋषिदेव रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
भद्रपुर ७ स्थित अञ्जनीमोडमा बिहीबार दिउँसो १२ बजे गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नम्बरको ट्रिपरले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो।
ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटल पुर्याएको र त्यहाँ उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बी एण्ड सी हस्पिटल लगिएको थियो।
ट्रिपर चालक हल्दिबारी गाउँपालिका २ निवासी २१ वर्षीय जितलाल राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post