झापा : झापामा आगो ताप्ने क्रममा जलेर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका १ कुटी निवासी ७० वर्षीया हेमप्रभा माझी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकका अनुसार सोमबार बिहान १०ः३० बजेतिर घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा अचानक माझीको शरीरमा आगो सल्किएको थियो ।
आगोले जलेर गम्भीर घाइते भएकी उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post