तरहरा : इटहरी २० तरहरामा रहेको चाहना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा होमनाथ खड्का सर्वसम्मत चयन भएका छन् ।
शनिबार चुनावी साधारणसभाले खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस्तै, उपाध्यक्षमा ओमप्रकाश अधिकारी, सचिवमा ओमप्रकाश निरौला, कोषाध्यक्षमा अम्बबहादुर बुढाथोकी चयन भएका छन् ।
सदस्यहरूमा सन्तोष कटवाल, रुक्मिणी पुरी, योगेन्द्र पौडेल, भिखनलाल चौधरी, सावित्रा बुढाथोकी, एनिता राई र इन्द्रबहादुर रसाईली चयन भएका छन् ।














Discussion about this post