विराटनगर : मोरङ कारागारका चौकीदार अभिषेक गिरीको कारागार व्यवस्थापन विभागले गरेको सरुवा कार्यान्वयन गराउन उच्च अदालत विराटनगरले आदेश गरेको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्धोय रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजालशले बिहीबार यस्तो आदेश गरेको हो ।
चौकीदार गिरीले कैद भुक्तान सकिन लाग्दा कारागार व्यवस्थापन विभागले गरेको मकवानपुर कारागार स्थानान्तरण (सरुवा) गैरकानुनी भएको भन्दै ३ माघमा उच्च अदालत विराटनगरमा सरुवा बदर गरिपाउँ भन्दै ‘उत्प्रेषण परमादेश’ को माग राख्दै रिट हालेका थिए ।
गिरीले कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कागारालाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।
उक्त रिट निवेदनको सुनवाइ गर्दै उच्च अदालत विराटनगरले कारागार व्यवस्थापन विभागले गरेको स्थानान्तरण कानुनी रूपमा त्रुटि नदेखिएकोले नियमानुसार पेस गर्न अदालतले आदेश गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।
गिरी तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा २०७८ मंसिर ९ गते केन्द्रीय कारागार डिल्लीबजारबाट मोरङ स्थानान्तरण भएका थिए ।
यो पनि – मोरङ कारागारबाट सरुवा भएपछि अभिषेक गिरी भन्छन्, ‘मलाई षड्यन्त्रपूर्वक मार्न खोजिएको छ’














Discussion about this post