झापा : झापामा आगोले जलेर घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ ।
झापाको बिर्तामोड नगरपालिका १ बस्ने ७० वर्षीया देवीमाया खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।
आफ्नै घरमा आगो ताप्ने क्रममा सोमबार बिहान कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी थिइन् ।
उनको थप उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post