इटहरी : कुखुरा तस्करीमा संलग्न तीन जनालाई सुनसरीको रामधुनीस्थित डुम्राहाबाट पक्राउ गरिएको छ ।
स्थानीय किसानहरूले ५८ थान कुखुरा र दुई वटा मोटरसाइकलसहित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएका हुन् ।
भारतबाट अवैध रूपमा भित्राउँदै गरेको अवस्थामा बुधबार साँझ ती कुखुराहरू नियन्त्रणमा लिइएको स्थानीय राजकिरण चौधरीले जानकारी दिए ।
कुखुरा तस्करीले स्वदेशी कुखुरापालक किसानहरू मारमा परेकोले आँफूहरूले तस्करहरूलाई नियन्त्रणमा लिइ प्रहरीलाई जिम्मा लगाइएको बताइएको छ ।












Discussion about this post