इटहरी : चोरी पैठारी नियन्त्रणमा सुनसरी प्रहरी पछिल्लो ७ महिनामा सफल देखिएको छ ।
चालू आर्थिक बर्ष ०७९।०८० मा जिल्ला प्रहरी कार्यालय सुनसरीले चोरी पैठारी गरिएको ठूलो परिणामका मालसामान,सवारी तथा मानिसहरूलाई पक्राउ गर्न सफल भएको हो ।
गत साउनमा ८ लाख ४८ हजार ८ सय ८० रुपैयाँ राजश्व संकलन साथै चौपाया र खाद्यन्न पक्राउ गर्न सफल भएको सुनसरी प्रहरीले भदौमा १ करोड ४३ लाख ४२ हजार ६ सय ६८ रुपैया राजश्व संकलन गर्न सफल भएको प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले बताए ।
यस्तै, ८ वटा सवारी साधनसहित सिमेन्ट र खाद्यन्न र १० जना मानिस समेत नियन्त्रणमा लिइएको छ ।
असोजमा ५२ लाख ७४ हजार ५ सय ५० राजश्व संकलन,३ वटा सवारीसाधन,कपडा खाद्यन्न सहित ४ जना मानिसलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, कार्तिकमा ५ लाख २५ हजार ८ सय ८० राजश्व ,पेय पदार्थ, खाद्यन्न, लत्ताकपडा र १ सवारीसाधन नियन्त्रणमा लिएको छ । मंसिरमा ६६ लाख ८८ हजार राजश्व संकलन, १ जना मानिससहित ८ वटा सवारी साधन, खाद्य मल, कस्मेटिक सामान र लत्ताकपडा नियन्त्रणमा लिन सफल भएको छ ।
पौषमा १८ लाख ६० हजार ४ सय ४४ राजश्व संकलन, १ जना मानिस, ६ वटा सवारीसाधन सहित लत्ताकपडा र खाद्यन्न नियन्त्रणमा लिएको बताइएको छ ।
यस्तै, माघमा ५६ लाख ३६ हजार ३ सय ३५ राजश्व संकलन, ३ जना मानिससहित ३ वटा सवारी, चौपाया, माछा, खाद्यान्न लगायतका सामानहरू नियन्त्रणमा लिइएको बताइएको छ














Discussion about this post