इटहरी : नेपाल विद्यार्थी संघ (नेविसंघ) सुनसरीको सभापतिमा इटहरीका प्रमोद भट्टराई चयन भएका छन् ।
नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले भट्टराईलाई जिल्ला सभापतिको रूपमा चयन गरेका हुन् ।
नेपाल विद्यार्थी संघको विधान २०२७ को पहिलो संशोधन २०७५ अनुसार ३ महिनाभित्र जिल्ला अधिवेशन गराउने गरी भट्टराईलाई नेतृत्व प्रदान गरिएको हो ।
जिल्ला सभापतिमा चयन भएपछि उनले विद्यार्थीको भावनालाई आत्मसाथ गर्दै संगठनको विधि अनुरुप काम गर्ने उनले बताए ।














Discussion about this post