विराटनगर : विराटनगर महानगरपालिकाले सडक पार्किङ र अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियानमा अग्रसरता देखाएको छ ।
नगरकाे मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा लागेको महानगरपालिकाले जिल्ला ट्राफिक प्रहरीले गरेको पार्किङलाई हटाएको हो।
महानगरले नगर क्षेत्रभित्र सडक खण्डको पेटी ढाक्ने गरी बनाइएका संरचनासमेत हटाउन थालेको छ।
महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले ट्राफिक कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरू हटाएको छ ।
प्रमुख कोइरालाले भने ‘ट्राफिक प्रहरी कार्यालय अगाडिलाई नो पार्किङ किन नगरेको भनेर धेरैले गुनासो गरे। सानालाई ऐन ठूलालाई चैन हो कि के हो भनेर सबैले गुनासो गरेपछि आफैँ आएर सडक पेटी खाली गराएको हो।’














Discussion about this post