विराटनगर : विराटनगर महानगरपालिका ७ बाट मोटरसाइकल चोरीमा संलग्न रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका ३ सुनसरीका १८ वर्षीय राजकुमार यादव, भारत अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशील कुमार यादव र भारत पोसदाह पंचायतका २५ वर्षीय शौरभ कुमार यादव रहेका छन् ।
गत फाल्गुन १० गते विराटनगर ७ स्थित सडक साइडमा पार्किङ गरी राखेको बेलबारी ४ का बमबहादुर खवासको नाममा रहेको को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी गरी भारतीय नम्बर लेखेर चलाउँदै गरेको अवस्थामा साथै आवश्यक कागजात नभएका भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरीको मोटरसाइकलसहित पक्राउ परेका तीनैजनाको मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post