विराटनगर : कोसी प्रदेशको नाम खारेजी र पुनः नामकरणको मागमा प्रदेश सरकार र प्रदेशसभाले बैशाख १० गतेभित्र सम्बोधन नगरे विराटनगर केन्द्रित आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
माग पूरा नभए बैशाख ११ गतेदेखि १४ गतेसम्म विराटनगर केन्द्रित आन्दोलन गर्ने घोषणा गरिएको हो ।
प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको बैठकको उक्त निर्णय गरेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए ।
सङ्घर्ष समितिले प्रदेश सरकार र प्रदेशसभालाई बैशाख १० सम्मको अल्टिमेटम दिएको उनले बताए । उक्त अल्टिमेटमका सन्दर्भमा पुनः स्मरण पत्र दिने जनाइएको छ ।
त्यसपछि पनि सुनुवाई नभए आन्दोलन गर्ने निर्णय गरिएको हो । आन्दोलनलाई सम्बोधन नगरिए बैशाख ११ देखि १४ सम्म विराटनगर केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताइएको छ ।
इजमका अनुसार बैठकले सहिद पदम लिम्बू लाजेहाङको शवलाई बैशाख १५ गतेभित्र अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ ।
त्यसअघि विराटनगर केन्द्रित दबाब आन्दोलन सशक्त बनाउने कार्यक्रम तर्जुमा गरिने बताइएको छ ।














Discussion about this post