तरहरा : इटहरी २० तरहरामा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
प्रदेश १–०२–००१ प ८५२२ नम्बरको बसको ठक्करबाट तत्काल नाम, थर, वतन नखुलेको अन्दाजी ४०।४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
आज (बुधबार) ४ः५० बजेतिर तरहरा चौक नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार मानसिक सन्तुलन गुमाएजस्तो देखिने बेवारिसे व्यक्तिले हातमा ढुंगा बोकेर हिँडिरहेको अवस्थामा बसले ठक्कर दिएको थियो ।
पैदलयात्रीको लापरबाहीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटनामा संलग्न बस र चालक इटहरी ९ बस्ने ५५ वर्षीय धुरनलाल चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post