मोरङ : मोरङको ग्रामथान गाँउपालिका २ झोराहाट स्थितमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेफ फोडी नगद चोरी तथा डाका गर्ने चारजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ग्रामथान गाँउपालिका ५ मोरङका ४० वर्षीय दिलीपकुमार चौधरी, २८ वर्षीय इरज धामी, सर्लाही लालबन्दी २ का ३५ वर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर ५ का २६ वर्षीय मिथिलेश महत्तो रहेका छन् ।
उनीहरूले गत चैत्र २ गते राति बैङ्कको ढोका फोडी फलामको सेफ बाकसमा राखेको नगद ७ लाख ७७ हजार १८ रुपैयाँ चोरी गरेका थिए ।
बैङ्कबाट रकम चोरी भएको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सर्लाहीको विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेकोे हो ।
पक्राउ परेका उनीहरूलाई मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले तीन जनालाई पुर्पक्षको लागि कारागार पठाईएको र मिथिलेस महतोलाई २ लाख रुपैयाँ धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।












Discussion about this post