पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका १ मा वनमा लागेको आगो फैलिएर घरमा पुग्दा जलेर एक युवकको मृत्यु भएको छ ।
वनमा लागेको आगोले प्रेम नेम्वाङको २ तले घर जलेर पूर्ण रूपमा ध्वस्त भएको छ ।
आगोले शारीरिक रूपमा अपांगता रहेका प्रेमका छोरा ३२ वर्षीय मनकुमार नेम्वाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
वनको आगो फैलिएर बिहीबार दिउँसो १ बजेतिर घरमा सल्किएको थियो । शारीरिक अपांगता रहेका मनकुमार भाग्न नसक्दा आफ्नै घरमा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post