इटहरी : सुनसरीको इनरुवा नगरपालिका ८ डुम्राहामा सर्पले डसेर एक नाबालिकाको मृत्यु भएको छ ।
स्थानीय दिनेश उरावकी १० महिनाकी छोरीको सर्पले डसेर मृत्यु भएको हो ।
नाबालिकाले आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा मुसाको दुलोमा हात हाल्दा सर्पले डसेर घाइते भएकी थिइन् ।
घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।











Discussion about this post