धरान : धरानमा थप एक थान पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख ३१ गते दुई थान पेस्तोलसहित पक्राउ परेका तीन जनामाथि अनुसन्धान गर्ने क्रममा उनीहरूले लुकाएका थप एक थान पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लले जानकारी दिए ।
पक्राउ पर्नेमा धरान १० का ३५ वर्षीय राजेश लिम्बू र ग्यारेज सञ्चालक धरान ५ का कुमार भण्डारी रहेका छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानको टोलीले खानतलासी गर्ने क्रममा पेस्तोलको व्यारेलको भाग, ग्रिप गर्ने (समात्ने) भाग समेत ग्रेण्डर मेसिनले काटी ३ वटा टुक्रा बनाइ ग्यारेजभित्र लुकाएर राखेको अवस्थामा फेला पारेको डीएसपी मल्लले बताए ।
म्यागेजिनसहितको स्वचालित पेस्तोलसहित पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post