धनकुटा : धनकुटा नगरपालिका ७ चुलीवनमा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ ।
सहिदभूमि गाउँपालिका ३ का २८ वर्षीया मुना राईको जंगली च्याउ खाएर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनका ७ वर्षका छोरा सचिन सिकिस्त बिरामी रहेको जनाइएको छ ।
गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमाछोरा अत्यधिक वान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेपछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिएको थियो ।
थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा मुनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post