इटहरी : इटहरीमा अल्टिट्युड क्लबले विरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ ।
इटहरी १९ ब्रम्हपुरस्थित खेल मैदान आसपासमा दुई सय पचास विरुवा रोप्दै क्लबले वातावरण दिवस मनाएको हो ।
क्लबका अध्यक्ष पीताम्बर तिम्सिनाका अनुसार पर्यावरण स्वच्छ, सफा र हराभरा राख्नुपर्छ भन्ने उदेश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । यसअघि उक्त क्लबले इटहरीको टेङ्ग्रा खोला सरसफाईमा आँफूहरू जुटेको उनले बताए ।
क्लबमा आवद्ध युवाहरूले मानव जीवनमा वातावरण सफा राख्नुपर्छ भन्ने उदेश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी पोखरेल, इटहरी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले, इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरी तथा स्थानीयबासीको उपस्थितिमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको क्लबका सचिव रोशन भुजेलले जानकारी दिए ।
प्रकृतिलाई मानिसले चरम दोहन गरेका कारण प्राकृतिक समस्या निम्तिरहेको उनले बताए । प्रकृतिको संरक्षणमा मानव जाति नै जुट्नुपर्ने भुजेलले बताए ।

उनका अनुसार क्लबका इटहरी १९ का अध्यक्ष भुवन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने सन्देशका साथ सोमबार देशभर विविध कार्यक्रम आयोजना गरी वातावरण दिवस मनाइएको छ।















Discussion about this post