Friday, August 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीका सुवास बने राष्ट्रिय तेक्वान्दो खेलाडी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८०
in समाचार
0
इटहरीका सुवास बने राष्ट्रिय तेक्वान्दो खेलाडी
114
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका ४ स्थित कचना महादेव माध्यमिक विद्यालयमा अध्ययनरत सुवास दमाई तेक्वान्दो विधाको राष्ट्रिय खेलाडीमा छनौट भएका छन् ।

विद्यालयको कक्षा ७ मा अध्ययनरत दमाई तेक्वान्दो एसोसियसन अफ नेपाल (टान) द्वारा आयोजित छनौट प्रतियोगितामार्फत् ३३ किलो तौल समूहतर्फ देशकै सर्वोत्कृष्ठ खेलाडीका रुपमा छानिएका हुन् ।

दमाईले देशका विभिन्न जिल्लाबाट प्रतिस्पर्धामा सहभागी हुन आएका आफ्नो तौल समूहका ६९ जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रिय खेलाडीका रुपमा आफ्नो नाम लेखाउन सफल भएको विद्यायलका प्रधानाध्यापक हरिशंकर घिमिरेले जानकारी दिए ।

दुई वर्षदेखि तेक्वान्दो खेलमा अभ्यासरत दमाईले पहिलो प्रयासमै राष्ट्रिय टिममा स्थान बनाएको प्रअ घिमिरेले उल्लेख गरे ।

मोरङको गोठगाउँ मुल घर भएका १३ वर्षीय राष्ट्रिय खेलाडी दमाई आफू दिदीभिनाजुसँग इटहरीको पशुपति चौकमा डेरा गरी बस्दै आएको बताउँछन् ।

गाउँमा बाबु बिरामी भई काम गर्न सक्ने अवस्थामा नरहेकाले घरव्यवहार चलाउन समस्या भएपछि हाल आमा वैदेशिक रोजगारीमा युएईको दुबईमा कार्यरत रहेको उनले सुनाए ।

आमाले पठाएको रेमिट्यान्सबाटै आफू र बाबुको खर्च चल्दै आएको बताउँदै उनले आफू भने खेल र पढाइलाई निरन्तरता दिने उद्देश्यले दुवै विषयलाई बराबर प्राथमिकतामा राखेर अगाडि बढिरहेको उल्लेख गरे ।

मोरङको उर्लाबारीमा रहेको सरस्वती मा.वि. मा कक्षा ५ सम्मको अध्ययन सम्पन्न गरी कचना मा.वि. प्रवेश गरेका दमाईको पढाइ र खेल दुवैतर्फ प्रदर्शन राम्रो रहेको विद्यालयको लेखा शाखाका कर्मचारी सरोज महल्दारले जानकारी दिए ।

उनका अनुसार कक्षा ६ को वार्षिक परीक्षामा २.७१ जीपीए ल्याएका दमाई हाल आफ्नो कक्षामा तेस्रो स्थानमा रहेका छन् ।

यसैबीच, आफ्नो विद्यालयमा अध्ययनरत दलित छात्रले राष्ट्रिय खेलाडीमा छनौट भई वडाको गौरव बढाएको भन्दै विद्यालयले एक समारोहको आयोजना गरी खेलाडी दमाईलाई सम्मानसमेत गरेको छ ।

आफ्नो विद्यालयका छात्र राष्ट्रिय खेलाडीका रुपमा छनौट हुनु गर्वको विषय भएकाले छनौट हुने खेलाडीको हौसला बढाउँदै उत्तरोत्तर प्रगतिको शुभकामनासहित सम्मान गरिएको प्रअ घिमिरेले जानकारी दिए ।

२०३९ सालमा विद्यालयकी संस्थापक प्रधानाध्यापक राधा खनालको एकल प्रयासमा सामान्य पूर्वाधार र केही विद्यार्थीसहित सञ्चालनमा आएको कचना महादेव मा.वि.ले हालसम्म थुप्रै विधामा अब्बल जनशक्ति तयार गरी राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा पठाएको विद्यालयले जनाएको छ ।

Tags: #खेलकुदतेक्वान्दोसुवास दमाई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज जनैपूर्णिमा
विविध

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

by रासस
भदौ १२, २०८३
0

आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट...

एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने
FEATURE BREAKING

भोटेकोशी बाढीमा सुनसरीका १५ जना सम्पर्कविहीन

by रासस
भदौ १२, २०८३
0

सुनसरी : रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् ।...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

भोटेकोशी बाढीमा सुनसरीका १५ जना सम्पर्कविहीन

भदौ १२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.