विराटनगर : कोसी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
मोरङ जिल्ला अदालतको २०७८।०८।२७ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना १० दिन कैद र ५ हजार जरिवाना फैसला भएपनि हालसम्म फरार रहँदै आएका विराटनगर ६ का अजय सहनीलाई खोजतलास गर्ने क्रममा आज (शुक्रबार) बिहान गाउँघरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई जिल्ला अदालत मोरङमा बुझाइएकोमा तोकिएको सजाय भुक्तानको लागी जिल्ला कारागार मोरङमा पठाएको प्रहरीले जनाएको छ ।












Discussion about this post