मोरङमोरङको लेटाङ नगरपालिका १ साक्फारामा सर्पले डसेर शुक्रबार राति एक बालकको मृत्यु भएको छ ।
सर्पले डस्दा स्थानीय सुजन मगरका ५ वर्षीय छोरा समीतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
ओछ्यानमा सुतिरहेका नाबालकलाई शुक्रबार बिहान ५ बजेतिर सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
ओछ्यानमै चिच्याउन थालेपछि अभिभावकले हेर्दा हरियो रंगको सर्प देखेका थिए । दाहिने हातको पातोमा नीलडाम रहेको अवस्थामा नाबालकलाई अभिभावकले उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।
चिकित्सकले आईसियूमा राखेर उपचार प्रक्रिया अघि बढाउन सुझाव दिएपनि अभिभावकले घर फर्काएर लगेको पाइएको डीएसपी दाहालको भनाइ छ ।
अवस्था गम्भीर बन्दै गएपछि नाबालकलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइपुर्ण्याउनसाथ राति १० बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post