विराटनगर : विराटनगर जेसीजको आयोजनामा साताब्यापी तालिम सप्ताह सुरु भएको छ । पहिलो दिनको कार्यक्रम पब्लिक स्पिकिङ र प्रेजेन्टेसन स्किल तालिम सम्पन्न भएको छ ।
विराटनगर जेसीजको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी अस्पतालका अध्यक्ष डा. वीरेन्द्र कुमार विष्ट रहेका थिए ।
कार्यक्रममा बोल्ने कलाको विकास कसरी गर्ने, सहज रूपमा आफ्ना धारणा कसरी राख्ने, सही रूपमा प्रस्तुतिकरण कसरी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिएको तालिमका मुख्य प्रशिक्षक सेवक बजगाईँले बताए । तालिमको सह–प्रशिक्षकमा सनराइज चौधरी रहेका थिए ।
विराटनगर जेसीजका अध्यक्ष अभिनाष थापाले भिन्ना–भिन्नै गरी सात दिन सातवटा तालिम आयोजना गरिनेछ ।
कार्यक्रममा विराटनगर जेसीजका पूर्व अध्यक्ष, बोर्ड, विभिन्न कलेजका विद्यार्थीहरू तथा नेपाल मेडिकल रिप्रीजेन्टेटिभ एसोसिएसनका सदस्यहरूको सहभागिता रहेको थियो ।














Discussion about this post