विराटनगर : कोसी प्रदेश सरकारले असार १४ गते विश्वासको मत लिने तयारी गरेको छ।
विश्वासको मत लिने प्रयोजनका लागि असार १४ गते १ बजेलाई तेस्रो अधिवेशन प्रदेश प्रमुखले आव्हान गरेका छन् ।
कोसी प्रदेश मन्त्रिपरिषद्को असार १० गतेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन २०८० साल असार १४ गते बिहीबार दिनको १ बजे बोलाएका हुन् ।
सरकारमा रहेको सत्ता साझेदार दल जनता समाजवादी र माओवादी केन्द्रले हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वसको मत फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ ।
जेठ १७ गते जनता समाजवादी पार्टीको प्रदेश कमिटीको बैठकले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र सरकारबाट फिर्ता गर्ने निर्णय गरेसँगै विश्वासको मत लिन लागेको हो ।
सरकारलाई दिएको समर्थन जसपा र माओबादीले फिर्ता लिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । अहिले कोसी प्रदेश सरकारलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्रै समर्थन रहेको छ । ९३ सदस्य रहेको प्रदेश सभामा बहुमत पु¥याउन ४७ सिट आवश्यक पर्दछ।
प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीको (सभामुखसहित) १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्नका लागि ४७ सांसद आवश्यक पर्छ ।














Discussion about this post