Tuesday, November 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

रासस by रासस
मंसिर ८, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण
52
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ ।

पदयात्राका लागि अनुकूल मौसम र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न उपयुक्त समय भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा गतिविधि बढेको छ । यसले स्थानीय व्यवसायीमा उत्साह थपेको छ ।

मुन्दुम पदमार्ग क्षेत्रको चखेवाका होटलमा पछिल्लो समय पर्यटकको चाप बढेको स्थानीय होटल व्यवसायी नवराज काङमाङले बताए ।

उनका अनुसार चखेवा क्षेत्रबाट मात्रै दैनिक औसतमा एक सय ५० देखि २०० जनाको हारहारीमा पर्यटक मुन्दुम पदमार्गको यात्रामा निस्कने गरेका छन् ।

पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढेसँगै होटलमा बस्ने तथा खाना खाने ग्राहकसमेत बढेको उनले बताए । यो समयमा चखेवा क्षेत्रमा रहेका १६ वटा होटल पर्यटकले भरिभराउ हुने गरेको उनको भनाइ छ ।

पर्यटकको आगमनले होटल व्यवसायमा मात्र नभई स्थानीय उत्पादनको बिक्री वितरणमा सकारात्मक प्रभाव पारेको काङमाङको भनाइ छ । पदयात्राका क्रममा आउने पर्यटकले स्थानीय होटलमा बास बस्ने, खाना खाने र आवश्यक सामग्री खरिद गर्ने गरेका छन् ।

यसबाट होटल व्यवसायीको आम्दानी बढ्नुका साथै स्थानीय कृषिउपज तथा घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पुगेको छ ।

विशेषगरी भदौदेखि मङ्सिरसम्म र चैतदेखि साउनसम्म मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढी हुने गरेको व्यवसायी काङमाङले बताए ।

मौसम अनुकूल हुँदा पदयात्रा गर्न सहज हुने र प्राकृतिक दृश्यको अवलोकन गर्न सकिने भएकाले यी समयमा पर्यटकको आगमन बढ्ने गरेको उनको भनाइ छ । पर्यटकको आगमनलाई अझ व्यवस्थित गर्न सके स्थानीय क्षेत्रमा थप रोजगारी र व्यवसायका अवसर सिर्जना हुने उनले बताए ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई गाउँपालिकाको महत्त्वपूर्ण पर्यटकीय सम्पत्तिका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए ।

प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ऐतिहासिक पहिचान बोकेको यस क्षेत्रको योजनाबद्ध विकासमा जोड दिँदै पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ ।

अध्यक्ष बस्नेतले मुन्दुम पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न प्रचारप्रसारसँगै आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको बताए ।

पर्यटकको आगमनलाई निरन्तरता दिन पदमार्गको संरक्षण, सरसफाइ, आवागमनमा सहजता र पर्यटकमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

“मुन्दुम पदमार्गको यात्रा गर्ने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ”, अध्यक्ष बस्नेतले भने, “यहाँ आउने पर्यटकको सहज र सुरक्षित यात्राका लागि गाउँपालिकाले आवश्यक ध्यान दिएको छ ।”

मुन्दुम पदमार्ग प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको पर्यटकीय क्षेत्र हो । यस पदमार्गमा पदयात्रा गर्दा पूर्वी पहाडका रमणीय डाँडाकाँडा, हरियाली वनजङ्गल, गुराँस क्षेत्र तथा विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

किरात सभ्यता, संस्कृति र मुन्दुम परम्परासँग जोडिएका मौलिक पक्षले यस पदमार्गलाई अन्य पर्यटकीय क्षेत्रभन्दा विशिष्ट पहिचान दिएका छन् । यहाँको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले पदयात्रा तथा प्रकृति अवलोकनमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन क्षेत्रको विकासले स्थानीय नागरिकको आयआर्जन बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

पर्यटकको आगमन बढ्दा होटल तथा खाना पसल सञ्चालन गर्ने अवसर सिर्जना हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । पर्यटनलाई स्थानीय उत्पादन र रोजगारीसँग जोड्नसके गाउँपालिकाका नागरिकले आफ्नै क्षेत्रमा आम्दानीका अवसर प्राप्त गर्ने उपाध्यक्ष राईले बताइन् ।

पदयात्राका क्रममा तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी र सिलिचुङ चुचुरोलगायत क्षेत्र पर्यटकका प्रमुख आकर्षण बनेका छन् । मौसम खुलेका बेला यहाँबाट देखिने हिमाली दृश्य, अग्ला डाँडाकाँडा र प्राकृतिक मनोरम वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ ।

पदयात्राका क्रममा स्थानीय रहनसहन, संस्कृति र परम्परालाई नजिकबाट अवलोकन गर्न पाइनु पनि यस क्षेत्रको अर्को विशेषता हो । पछिल्लो समय प्रकृति अवलोकन, पदयात्रा र स्थानीय संस्कृति बुझ्ने उद्देश्यले घुमफिर गर्ने पर्यटकको आकर्षण बढ्दै गएको छ ।

पर्यटकलाई स्थानीय उत्पादनको स्वाद र पहिचानसँग परिचित गराउनसके यहाँ उत्पादित कृषिउपज, परम्परागत परिकार तथा घरेलु सामग्रीको बिक्री बढाउन सकिन्छ । पर्यटकको सहज आवागमनका लागि पदमार्ग क्षेत्रमा आवश्यक पूर्वाधार विस्तार र व्यवस्थापनका काम भइरहेको छ ।

खानेपानी, शौचालय, विश्रामस्थल, सूचना पाटी, पदमार्गको नियमित मर्मतसम्भार भइरहेको छ । पर्यटकको सुरक्षित यात्राका लागि स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीच समन्वय गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

पदमार्गको प्रचारप्रसार, स्थानीय संस्कृति र उत्पादनको प्रवर्द्धन, पूर्वाधार विकास तथा पर्यटकमैत्री सेवा विस्तारलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।

Tags: #पर्यटन#भोजपुरपर्यटक
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका
विविध

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

by टाकुरा न्यूज । इटहरी
मंसिर ८, २०८३
0

सुनसरी : इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् । बजारमा प्लास्टिकका भाँडाकुँडाको...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
पर्यावरण

विद्युतीय तार तोड्दै हात्तीको प्रवेश

by रासस
मंसिर ८, २०८३
0

झापा : मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा तोडेर दैनिक ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने जङ्गली हात्तीका...

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

मंसिर ७, २०८३
कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

मंसिर ७, २०८३
इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

मंसिर ७, २०८३
चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

मंसिर ८, २०८३
मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मंसिर ८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

विद्युतीय तार तोड्दै हात्तीको प्रवेश

मंसिर ८, २०८३
तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

मंसिर ७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1119 shares
    Share 448 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    276 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.