इटहरी : इटहरी उपमहानगरपालिकाले कक्षा ११ मा परीक्षा लिएर छात्रवृत्ति दिने भएको छ ।
छात्रवृत्तिका लागि लागि साउन २२ गते परीक्षाको मिति तोकिएको छ ।
शिक्षा शाखा अधिकृत फाल्गुनीप्रसाद काफ्लेद्वारा जारी सूचनाअनुसार परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछ ।
साउन १ गतेदेखि साउन १५ गतेसम्म आवेदन खुल्ला रहने बताइएको छ ।
विद्यार्थीहरूले शैक्षिक सत्र ०८०÷८१ का लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति दिइनेछ ।















Discussion about this post