इटहरी : इटहरी उपमहानगरपालिका ८ स्थितमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीय कुमार बिक रहेका छन् ।
घरमा मार्बल लगाउने काम गरेर निस्कने क्रममा अचानक विद्युतको तारमा छुन पुग्दा करेन्ट लागेर छतबाट लडेर गम्भीर घाइते भएका बिकको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।



















Discussion about this post