तरहरा : इटहरी २० तरहरामा बस दुर्घटना भएको छ ।
धरानबाट काकडभिट्टा जाँदै गरेको मे १ ख २७४० नम्बरको (ग्यालेक्सी यातायात) बस आज (मंगलबार) बिहान तरहराको होम्स नजिकै डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।
ट्राफिक प्रहरी पोस्ट तरहराका हवल्दार तीर्थ पराजुलीका अनुसार दुर्घटनामा १३ जनाभन्दा बढी घाइते भएका छन् । जसमा दुईजना गम्भीर घाइते भएको पराजुलीले जानकारी दिए ।
उनका अनुसार घाइतेहरूले एम्बुलेन्समार्फत उपचारकालागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
‘घाइतेहरूको तत्काल पहिचान खुलिसकेको छैन, पानी पनि परेका कारण हामी घटनास्थलबाट भर्खरै अस्पताल पठाएका छौँ,’ पराजुलीले भने, ‘बसका चालक, सहचालक पनि तत्काल फरार रहेकाले खोजी कार्यसमेत अगाडि बढाइएको छ ।’
बस तीव्र गतिमा रहेको र पानी परेका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यद्यपि, घटनाबारे थप अनुसन्धान र फरार चालक तथा सहचालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post