मोरङ : मोरङको बेलबारी उद्योग वाणिज्य सघंको आयोजनामा बिहीबार (आज) भएको रक्तदानमा ७५ पिन्ट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापासहित ७५ जनाले रक्तदान गरेका थिए ।
पछिल्लो समय रगतको अभाव भइरहेका बेला अभाव टार्न थोरै भए पनि सहयोग पुर्याउने लक्ष्यका साथ रक्तदान आयोजना गरिएको उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले बताए ।
उवासंघ बेलबारीले नयाँ कार्यसमिति आएपछि विभिन्न सामाजिक गतिविधिमासमेत सक्रिय भएको महासचिव विवेक मिश्रले बताए ।












Discussion about this post