Sunday, October 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दलहरूलाई मुख्यमन्त्री कार्कीको पत्र – स्थायित्वका निम्ति विश्वासको मत दिनुहोस्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २०, २०८०
in समाचार
0
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत
74
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको संसदीय दलका नेतालाई आग्रह गरेका छन् ।

उनले एक पत्र काट्दै सबै दलका संसदीय दलका नेतालाई विश्वासको मत दिनका लागि आग्रह गरेका हुन् । कार्कीले आजै प्रदेशसभामार्फत विश्वासको मत लिने कार्यक्रम छ ।

‘प्रस्तुत विषयमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईको दल समक्ष हार्दिक अनुरोध गर्दछु । साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवम् सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।’ मुख्यमन्त्री कार्कीले काटेको पत्रमा भनिएको छ ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका थिए। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

कार्यव्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकमा सहमति जुटेसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । ९३ जना सांसदमध्ये नेकपा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

सभामुखविहीन कोसीमा उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्दा मतदान गर्न मिल्दैन।

दनुवार मतदानमा सहभागी नहुँदा एमालेका ३९ मात्रै सांसद रहन्छन्। यसअघि एमालेलाई समर्थन गरेको राप्रपाले यसपटक भने विश्वासको मतदानमा सहभागी नहुने बताइएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।

Tags: कोसी प्रदेशविश्वासको मतहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय
FEATURE BREAKING

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।...

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन
विविध

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

by रासस
अशोज २४, २०८३
0

झापा : चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मापसे गरेर सिटी सफारी चलाउँदा दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

अशोज २४, २०८३
कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

अशोज २४, २०८३
कोशी प्रदेशमा खेल पर्यटन

कोशी प्रदेशमा खेल पर्यटन

अशोज २४, २०८३
सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

अशोज २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

अशोज २४, २०८३
गजलकार पवन गाैतमकाे गजल

गजलकार पवन गाैतमकाे गजल

अशोज २४, २०८३
संसार भुल्दै छु म (कविता)

संसार भुल्दै छु म (कविता)

अशोज २४, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

अशोज २४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.