Monday, October 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अरुण तेस्रोको काम ५८ दिनदेखि अवरुद्ध

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १२, २०८०
in समाचार
0
अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत मजदुरको ढुंगाले किचेर मृत्यु
92
SHARES
Share on FacebookShare on Twitter

सङ्खुवासभा : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । 

खाँदबारी नगरपालिका-४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका-२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन् ।

छयाङ्कुटी-दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटक-पटक माग गरिए पनि मुआब्जा नपाएपछि पीडित अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् । 

पीडितहरुले दसैँमा पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले आयोजनाको निर्माण सामग्रीमा ढुवानी अवरोध गरी आन्दोलनलाई निरन्तरता दिएको छ ।

सो सडकखण्डमा अरुण तेस्रो आयोजनाको निर्माण सामग्री ढुवानीमा अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले रोक लगाउँदै आएको छ ।

विद्युत् उत्पादन गृह हाउसको प्रवेश केन्द्र छ्याङ्कुटीमा भेला भएर मुआब्जा पीडितले दैनिक नाराबाजी गर्दै सङ्घर्ष समितिले आयोजनाका सम्पूर्ण ढुवानीका सवारीसाधनमा रोक लगाएको केन्द्रीय सङ्घर्ष समिति संयोजक जनीकुमार राईले जानकारी दिनुभयो । 

बैंक खातामा रकम जम्मा हुने ग्यारेन्टी नआएसम्म आन्दोलन नरोक्ने संयोजक राईले बताउनुभयो ।

मुआब्जा दिन छुट रहेको चार सय ५४ रोपनी जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले आयोजनाको निर्माणमा रोक लगाएका छन् ।

यसबाहेकको जग्गाको मुआब्जा २०४६ सालमा नै दिएको भए पनि छुट जग्गाको मुआब्जा जग्गाधनीले अझै पाउन सकेका छैनन् । 

आयोजनाको ६५ प्रतिशतभन्दा बढी काम सम्पन्न भए पनि जग्गाधनीले मुआब्जा पाएका छैनन् । जग्गाधनीलाई थाहा नै नदिई वि.सं.२०६६/६७ मा लगत कट्टा भई सरकारी स्वामित्वमा कायम गरिएको पाइएको छ । कतिपय स्थानमा मुआब्जा वितरण भएको भन्दा बढी लगत कट्टा गरी सरकारी स्वामित्व कायम गरिएको थियो । 

मुआब्जा नै नदिई लगत कट्टा गरी सडक सञ्चालन गरेपछि जग्गाधनीले यसअघि पनि पटक-पटक सडक आन्दोलन गर्दै आएका छन् ।

गत वैशाख २६ गते छयाङ्कुटी-दिदिङ सडक खण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

Tags: #रासस#संखुवासभाअरुण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.