ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ हर्कपुर स्थितमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ ।
सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगलागी हुँदा ३३ वर्षीया कमला गौतमको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया पश्चात शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।














Discussion about this post