सुन्दरहरैंचा : राष्ट्रिय वनबाट अवैध रूपमा सालको रुख काटेर ल्याएको आरोपमा मोरङको सुन्दरहरैंचा नगरपालिका १ मा रहेको नेहा सःमिलका सञ्चालक विन्देश्वर साहलाई पक्राउ गरिएको छ ।
केराबारीस्थित राष्ट्रिय वनबाट रुख काटेर ३९ क्यूबी फिट काठ टिपरमा ल्याएर उक्त सःमिलमा राखेपछि सवडिभिजन वन कार्यालय सलकपुरको टोलीले साहलाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान अगाडि बढाएको सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए ।














Discussion about this post