इटहरी : जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको प्रथम साधरणसभा तथा अधिवेशनले पुनः तेजबहादुर पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
इटहरी ३ स्थित तालतलैयामा भएको प्रथम साधरणसभा तथा अधिवेशनले पुरीलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बासुदेव बराल, उपाध्यक्षहरूमा सुनील भुषाल, कृष्ण पराजुली, महासचिवमा भोगेन्द्र थापा, सचिवमा माधव दाहाल, कोषाध्यक्षमा दुर्गा थापा, सह–कोषाध्यक्ष प्रकाश महतो चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा केशव गिरी, बासुदेव खरेल, भेषराज बराल, सीताराम राई, बाबुराम गिरी, राजु श्रेष्ठ, गोपाल पुरी, बेलबहादुर थापा, रामकाजी गिरी, कुनाल सान्दुप लामा, रविन अधिकारी, रमेश श्रेष्ठ, सशी चौधरी, कुलबहादुर कार्की छन् ।
होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष देवी गौतम (रबिन)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रमुख डीएसपी टेकबहादुर कार्की, उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष पीताम्बर पोखरेल, होटल तथा लज व्यवसायी समितिका अध्यक्ष उमेश दाहाल, सल्लाहकारहरू देशबन्धु कार्की, धनबहादुर पुरी, गोविन्द थापालगायतको उपस्थिति रहेको थियो ।














Discussion about this post