उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश सरकारले नौ वर्षको अवधिमा धेरै काम गरेको र विकास निर्माणको भौतिक पूर्वाधार निर्माणमा धेरै उपलब्धि प्राप्त गरेको बताएका छन् ।
बुधबार उदयपुरको गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं ६ जलजलेमा नव निर्मित यातायात व्यवस्था सेवा कार्यालय भवनको उद्घाटनका क्रममा सो कुरा बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सडक सञ्जाल, यातायात व्यवस्थापन, पुल , झोलुङ्गेपुल लगायतका भौतिक पूर्वाधार निर्माणमा धेरै उपलब्धि हात लागेका र नागरिकका वीवनसँग जोडिएका पक्षमा अत्यधिक लगानी सहित काम गरेको र संघीय सरकारका अफिस अड्डा र स्थानीय सरकारका अफिस अड्डाहरुमा भन्दा अत्यन्त न्युन खर्चमा प्देश सरकारका कार्यालयहरु संचालन गरेको बताएका छन् ।
सङ्घीय सरकारबाट पाउनु पर्ने सहयोग नपाएको, नीतिगत स्पष्टता नभएको आवश्यक कानुन निर्माणमा सहयोग नगरेको बताएका छन् । उनले प्रदेश सरकार राज्यको माइलो सरकार भएको र प्रदेश सरकारको आफ्नै आर्थिक स्राेत दह्रो नहुँदा काममा बाधा हुने गरेको छ । सङ्घीय सरकारले उपलब्ध गराउनु पर्ने आर्थिक तथा अन्य सहयोग उपलब्ध नगराउँदा माइलो सरकार हेपाईमा परेको बताए ।
कोशी प्रदेश सरकारको सहयोगमा स्थानीइ जनताले उपलब्ध गराएको २ विघा १० कठ्ठा जग्गामा करिब ७० लाखको लागतमा ट्रष्ट लगाइएको ४ वटा भवनमा १२ कोठे भवन डाँगी निर्माण सेवाद्धारा निर्माण गरिएको हो ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुर १ का सङ्घीय सांसद् पारसमणि गेलाल, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पा, कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार, कोशी प्रदेशसभाका सदस्यहरू हिमाल कार्की, गीता रेग्मी, नारायण बहादुर बुर्जा मगर र त्रियुगा नगरपालिकाकी कायृबाहक नगर प्रमुख महेश्वरी राई लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।

















Discussion about this post