ओखलढुंगा : ओखलढुंगामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
वडा नं. ७ डाँडाका करिब ४५ वर्षीय दीपक राईको भीरबाट लडेर मृत्यु भएको हो।
घर नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post