Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

६ लेन सडक : दुहबीमा विकल्प नरोजे सरकारविरुद्ध आन्दोलनमा उत्रने स्थानीयको चेतावनी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ८, २०८०
in समाचार
0
६ लेन सडक : दुहबीमा विकल्प नरोजे सरकारविरुद्ध आन्दोलनमा उत्रने स्थानीयको चेतावनी
116
SHARES
Share on FacebookShare on Twitter

इटहरी : रानी–विराटनगर–दुहबी–इटहरी–धरान निर्माणाधीन ६ लेन सडकखण्डको काममा दुहबीका स्थानीयबासीले भने सरकारलाई तीनमध्ये एक विकल्प रोज्न सुझाव दिएका छन् ।

सुनसरीको दुहबी नगरपालिकास्थित मेनरोड बासीले मंगलबार पत्रकार सम्मेलन गर्दै सडक विस्तारबारे तीनमध्ये एक विकल्प नरोजे सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

दुहबी नगर बचाऔँ संयुक्त संघर्ष समितिका संयोजक मुरलीप्रसाद अग्रहरीले धरान–विराटनगर सडकखण्ड अन्तर्गत दुहबीको ऐतिहासिक बजारलाई यथास्थितिमा राख्नका लागि बजारको पूर्व र पश्चिम दुवैतर्फको बाइपास सडकलाई मुख्य राजमार्गको रूपमा प्रयोग गर्न सुझाव दिएका हुन् ।

सङ्घर्ष समितिका संयोजक मुरली प्रसाद अग्रहरीका अनुसार आफूहरूको सुझावलाई सरकारले बेवास्ता गरी मुख्य बजार क्षेत्रबाट नै मुख्य राजमार्ग निकाल्ने हो भने त्यहाँ बसोबास गर्दै आएका जग्गा र घरधनीलाई चलन चल्तीअनुसार मुआब्जा दिन सुझाव दिएका छन् ।

सरकारले दुहबीबासीको मागलाई व्यवस्था गरेर अगाडि बढेको खण्डमा सशस्त रूपमा संघर्ष गर्ने उनले बताए । निर्माणाधीन ६ लेन सडकखण्डमा अहिले दुहबीको मुख्य बजारमा ५४ फिटका सडक छन् ।

सरकारले हालको सडकलाई ६ लेनको सडक बनाउन दुवैतर्फ ६–६ मिटर गरी १२ मिटर सडक विस्तार गर्न लागेको छ ।

सरकारले यसरी १२ मिटरको सडक विस्तार गर्दा दुहबी बजार क्षेत्र बसोबास गरी रहेका तीन सयभन्दा धेरै घर परिवारको घर पूर्ण रूपमा भत्काउनुपर्ने भएकोले ती सबै परिवार विस्थापित हुने अवस्थामा पुगेकाले आफूहरूले सरकारलाई ध्यानाकर्षण गराएको संयोजक अग्रहरीले बताए ।

६ लेन सडक आयोजना कार्यालयले गत माघ १२ गते सार्वजनिक सूचना जारी गर्दै कोसी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रको सडक क्षेत्राधिकारमा पर्ने संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको थियो ।

त्यसबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका स्थानीयहरूले आयोजना कार्यालयले अदालतको आदेश अवज्ञा गर्दै संरचना खाली गर्न खोजिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको जनाएका छन् ।

सर्वोच्च अदालतले संरचना हटाउँदा वा भत्काउँदा निवेदकहरूलाई क्षति पुग्ने भन्दै रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म विपक्षी रानी–विराटनगर–इटहरी–धरान सडक योजनालाई सार्वजनिक सूचना तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

तर, आयोजना कार्यालयले अदालतको आदेश अवज्ञा गरी संरचना हटाउने तयारी गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

Tags: #६ लेन सडकचेतावनीदुहबी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद
समाचार

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

by माधव पोख्रेल
अशोज २, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ साँघुरीबाट सशस्त्र प्रहरीले १ सय ३० किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल...

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम
समाचार

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

by माधव पोख्रेल
अशोज २, २०८३
0

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० मा गत महिनादेखि सुरु भएको ‘हातेमालो श्रमदान कार्यक्रम’ले स्थानीयस्तरमा उत्साह बढाएको छ। टोल विकास संस्थामार्फत...

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३
कोशीमा संविधान दिवसको तयारी पूरा

कोशीमा संविधान दिवसको तयारी पूरा

अशोज २, २०८३
मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३
त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३
मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३
कोशीमा संविधान दिवसको तयारी पूरा

कोशीमा संविधान दिवसको तयारी पूरा

अशोज २, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    454 shares
    Share 182 Tweet 114
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.