ओखलढुंगा : ओखलढुंगामा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।
४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको आरोपमा उनकै श्रीमान सिद्धिचरण नगरपालिका–५, बिप्ल्याटेका ४० वर्षीय काजी शेर्पालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
काजीले कुटपिट गर्दा ङिम्किमो गम्भीर घाइते भएकी थिइन् ।
ओखलढुंगाकै सामुदायिक मिसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post