ओखलढुङ्गा : ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ स्थितमा चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय बोमनबहादुर तामाङ रहेका छन् ।
घरमा बसिरहेको अवस्थामा बर्षातसँगै परेको चट्याङले लागेर घाइते भएका तामाङलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा स्वास्थ्य चौकीमा पुर्याउनासाथ उनको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post